झरही नदीमा आएको बाढीले परासी महेशपुर सडक आवातजावत बन्द





परासी १२ असोज ।अविल बर्षाको कारण परासी महेशपुर सडक आवातजावत बन्द भएको छ । झरही नदीमा आएको बाढीले परासी महेशपुर सडक आवातजावत बन्द भएको हो ।

झरही नदीमा आएको बाढीले पुल भन्दा माथि पानीको बहाबले गर्दा परासी महेशपुर सडक आवातजावत बन्द भएको महेशपुर ईलाका प्रहरी कार्यालयका ईस्पेटर गंगादत्त बढुले जानकारी दिए ।


उनको अनुसार झरही नदी आएको बाढी महेशपुर परासी सडक खण्डमा पर्ने बक्सीपुरमा रहेको पुलमाथि बाट पानी बगिरहेकोले अवातजवात बन्द भएको हो।

बढीले परासी महेशपुर सडक साना ठूलो सवारी साधन, छोटो दुरीका सवारी साधन र मोटर साईकल आवातजावत रोकिएको हो ।



सम्बन्धित
Loading...