नवलपुरमा दलदले–डेढगाउँ, कालीगण्डकी कोरिडोर अवरुद्ध





नवलपुर । नवलपुरको हुप्सेकोट ५ पांग्रेमा दलदले डेढगाउँ सडक अवरुद्ध भएको छ ।

इलाका प्र्रहरी कार्यालय रुद्रपुरका अनुसार आज विहान अविरल बर्षका कारण माथिबाट खसेको पहिरोले बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । बाटो खुलाउनका लागि प्रयास भईरहेको प्रहरीले जनाएको छ ।


त्यसैगरी कालीगण्डकी कोरिडोर पनि गएरातिदेखि अवरुद्ध भएको छ ।

काली गण्डकी कोरिडोरको गैडाकोट ३ चिहान डाँडामा सालको रुख ढलेर बाटो पूर्ण रुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।

यता पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक भने सुचारु रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...