नवलपुरमा म्याजिकको ठक्करबाट पैदलयात्रुको मृत्यु





नवलपुर । नवलपुरको गैडाकोटमा म्याजिक भ्यानको ठक्करबाट १ जना पैदल यात्री महिलाको निधन भएको छ ।

गैडाकोट ५ वैकुण्ठनगरको मनकामना ब्लक उद्योग नजिक भित्री सडक खण्डमा ना १ ज ३५५१ नम्बरको म्याजिक भ्यानको ठक्करबाट पैदल यात्री गैडाकोट ५ निवासी ७४ बर्षीय कौशिला पौडेलको निधन भएको हो ।


म्याजिक भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी पौडेलको उपचारको क्रममा भरतपुर अस्पतालमा उपचारको क्रममा आज साँझ निधन भएको हो ।

ठक्कर दिने म्याजिक भ्यान प्रहरी नियन्त्रणमा रहेको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...