पूर्वपश्चिम राजमार्गको चोरमारामा बीच सडकमा मुल फुटेपछि सडक एकतर्फी





नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत चोरामाराको ओरालोमा बीच बाटोमै मुल फुटेपछि बाटो एकतर्फी भएको छ ।

सडक विस्तारको क्रममा सडक भत्काइएर ग्राभेल गरेको तर पिच हुन बाँकी रहेको उक्त स्थानमा बीच सडकमै पानीको मुल फुटेको हो ।


जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख (प्रहरी निरीक्षक) जनकराज बन्जाराले बाटोमा पानीको मुल फुटेको कारण बाटो चिप्लो भएर बेलाबेलामा सवारी साधन फस्ने र गिटी हालेर पुन शुरु हुने गरेको बताए ।

आज साँझबाट यस्तो समस्या आएको उनले बताए । सडक अहिले एकतर्फी सञ्चालनमा रहेको छ ।
आज विहानै पनि चोरमारामा बाटो अवरुद्ध भएको थियो ।

बर्षातको कारण हिजोले चोरमाराको ओरालोमा लु २ ख ८३४ नम्बरको ट्रक फसेपछि विहान पौने ६ बजेदेखि सवा ७ बजेसम्म अवरुद्ध भएको थियो ।



सम्बन्धित
Loading...