दाउन्नेमा सडक भासियो, हाइटेन्सन विद्युत पोल ढल्यो, सडक अवरुद्ध


 




नवलपरासी । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा सडक चर्केर भासिएको छ भने सडक किनाराको रिर्टनिङ पर्खाल पनि चर्केको छ ।


त्यसैगरी विद्युत हाइटेन्सन लाइनको ठूलो फोल पनि सडकतर्फ ढलेको छ ।

प्रहरीले सडक चर्किएर साढे १ फिट भासिन पुगेको बताएको छ ।

अहिले साँझ सवा ५ बजेतिरबाट सडक अवरुद्ध भएको र बाटो खुलाउन, सडक डिभिजन र विद्युत कार्यालयसँग समन्वय भईरहेको जनाएको छ ।

 



सम्बन्धित
Loading...