दाउन्नेको अवरुद्ध सडक तत्काल नखुल्ने





नवलपरासी । पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्नेमा सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहोराले सडक डेढ फुट तल भासिएको र विद्युत हाइटेन्सन लाइनको ठूलो पोल पनि सडक माथि ढलेर बसेको छ ।


बोहोराका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा सडक चर्केर भासिएको हो । सडक किनाराको रिर्टनिङ पर्खाल पनि चर्केको छ ।

सोमबार साँझ सवा ५ बजेतिरबाट सडक अवरुद्ध भएको हो । अवरुद्ध खडक खुलाउन पहल भए पनि राति सडक खुल्न सक्ने अवस्था नरहेको उनले बताए ।

उनले भने – तत्काल यो रातिमा डाइभर्सन गरेर बाटो खुलाइ हाल्न सक्ने अवस्था पनि छैन । विजुलीको पोल हटाउन सक्ने अवस्था पनि छैन ।

बाटो अवरुद्ध हुँदा पश्चिमबाट पूर्व जाने यात्रुहरु बर्दघाटमा रोकिएका छन् भने काठमाण्डौबाट नारायणगढ हुँदै गन्तव्यमा हिडेका र पूर्वबाट पश्चिम आएका यात्रुहरु दुम्किबास, अरुणखोलामा रोकिएको छ ।



सम्बन्धित
Loading...