नारायणी नदीमा पुरुषको शव फेला





नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी गण्डक ब्यारेज नारायणी नदी किनारमा एक जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार त्रिवेण्ी ब्यारेज पुलदेखि १ सय मिटर पश्चिम नारायणी नदी किनारको पेटीमा नाम, थर नखुलेको ५५ बर्षीय पुरुष फेला परेको हो ।


भारतीय मुलको जस्तो देखिने उक्त सवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

शव आवश्यक मुचुल्क तयार पारी पोष्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...