परासीको अमृतम् स्वीट्सको मिठाईमा ढुसी



नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ३ मा रहेको अमृतम स्वीट्स मिष्ठान भण्डारमा बेच्न राखिएको मिठाईमा किरा र ढुसी परेको भेटिएको छ ।




पश्चिम नवलपरासीको जिल्ला संयुक्त बजार अनुगमन समिति नवलपरासीले परासी सदरमुकाम रहेका मिष्ठान्न भण्डारमा बुधबार अनुगमनको क्रममा अमृतम् स्वीट्स नामक मिष्ठान्न भण्डारमा किरा र ढुसी परेको भेटिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका उद्योग अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए ।

उनको अनुसार अमृत्तम स्वीट्समा सेतो रसबरी, रातो रसबरी मिठाईमा किरा र ढुसी भेटिएको र दुर्गान्धित भईसकेको मिठाइ बेच्न राखेको र पनीरमा ढुसी परेको भेटिएको हो ।


सेतो रसबरी, रातो रसबरी गरी ४ मिठाईमा किरा र ढुसीका साथै ढुसी परेको ५ केजी पनिर पनि फेला परेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दिपक यादवले बताए ।

अनुगमनको क्रममा म्याद नाघेका पेय पदार्थ पनि फेला परेको उनले बताए । ति सबैलाई बरामद गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीका नायब्ब सुब्बा चिरन्जिबी पौडेलले बताए ।

आउदै गरेको दशै छट तिहारमा बजार हुन सक्ने कालो बजारीलाई रोक्न संयुक्त रुपमा बजार अनुगमन गरिएको हो ।

बुधबार सदरमुकाम परासीमा रहेका ६ वटा मिष्ठान भण्डार अनुगमन गरिएको थियो ।



सम्बन्धित
Loading...