स्कूल बसको ठक्करबाट कावासोतीमा २२ महिने बालकको मृत्यु





नवलपुर । नवलपुरको कावासोतीमा स्कुल बसको ठक्करबाट एक जना बालकको ज्यान गएको छ ।

कावासोती १ छहारी चोक भित्री सडक खण्डमा कोइलापानीबाट फलफूल चोकमा आज विहान गण्डकी बोर्डिङ स्कूलको ना १ क ५८१७ नम्बरको बसले ठक्कर कावासोती १ छहारी चोक निवासी यम पौडेलका छोरा २२ महिने बालक सम्राट पौडेललाई ठक्कर दिएको हो ।


कोइलापानीबाट स्कूलले बालबालिकालाई स्कूल ल्याउँदै गर्दा सडकमा खेली रहेको बालकलाई स्कूल बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।

ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि नवलपुर अस्पताल कावासोती ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । ठक्कर दिने बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

त्यसैगरी गएराति कावासोती ३ पुरानो कावासोतीमा मोटरसाइकल र स्कुटी एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बा. प्र. ०२–०४९ प २६६६ नम्बरको मोटरसाइकल र ना ३८ प ७९१६ नम्बरको स्कुटी ठक्कर खाँदा ३ जना घाइते भएका हुन् ।

दुर्घटनामा परी मोटरसाइकल चालक बाँकेको खजुरा २ निवासी २७ बर्षीय सन्जु विक, स्कुटी चालक कावासोती १४ त्रिभुवनटार निवासी ४० राधा महतो र स्कुटी पछाडी सवार २९ बर्षीय जमुना थापा घाइते भएका हुन् । उनीहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।



सम्बन्धित
Loading...