चाईनाको ग्रेडरमा मोटरसाईकल ठक्कर नवलपुरमा खाँदा १ जनाको मृत्यु





नवलपुर । नवलपुरको मध्यविन्दु ८ चौरङ्गीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

नारायणगढबाट बुटवल जाँदै गरेको लु ३४ प ३०७७ मोटरसाइकल मध्यविन्दु ८ चोरमारामा पूर्वपश्चिम राजमार्ग निर्माणका लागि राखिएको एस ए जी २००–५ संकेत नम्बर भएको ग्रडेरमा ठक्कर आएको हो ।


दुर्घटनामा परी मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका ११ देवीनगर २१ निवासी सागर क्षेत्रीको निधन भएको छ भने मोटरसाइकलमा सवार बुटवल १३ बेलबास निवासी २१ बर्षीय राजन अधिकारी घाइते भएका छन् ।

सागर क्षेत्रीको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा निधन भएको हो । गे्रडर प्रहरीको नियन्त्रणमा रहे पनि ग्रेडर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...