विराट सामुदायिक वन उपभोक्ता समूहको १२ औ वार्षिक साधारण सभा





प्रिय धन –
हुप्सेकोट , १८ असोज । नवलपुरको हुप्सेकोट ३ गिरुवारीमा रहेको विराट सामुदायिक वन उपभोक्ता समूहको १२ औ वार्षिक साधारण सभा भएको छ । आज संस्थाको आफ्नै भवन गिरुवारीमा कार्यक्रम भएको हो ।

साधारण सभा कार्यक्रममा अध्यक्षको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष प्रेम बहादुर कार्कीले आर्थिक वर्ष २०८१÷०८२ को एक करोड़ उनान्साठी लाख चौध हजार तीन सय दश रुपैयां बराबरको अनुमानित आय व्यय प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा वन समूहका कोषाध्यक्ष तेजमाया पाण्डेले आर्थिक वर्ष २०८०÷८१ को आय व्यय र चालु आ. व. का लागि अनुमानित बजेटको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा डिभिजनल वन अधिकृत, जिल्ला वन कार्यालय नवलपुरका प्रमुख बसन्त केशव अधिकारीले गरीबी निवारण, महिला शसक्तिकरण, वन उद्यम सामाजिक विकास लगायतका पक्षमा विराट सामुदायिक वन उपभोक्ता समूहले पुरÞ्याएको योगदानको प्रशंसा गर्नुभयो ।

डिभिजनल वन अधिकृत अधिकारीले वनबाट प्राप्त आम्दानीको ४० प्रतिशत रकम वन विकास र बांकीको ५० प्रतिशत गरीबी निवारण, महिला शसक्तिकरण र ५० प्रतिशत पूर्वाधार विकासमा र कुल आम्दानीको १० प्रतिशत रकम कार्यालय संचालनमा खर्च गरेको हुनुपर्ने स्मरण गराउँदै विराट सामुदायिक वन उपभोक्ता समूहलाई पनि सो को अनुसरण गर्न सुझाउनु भयो ।

साथै डिभिजनल वन अधिकृत बसन्त केशव अधिकारीले उपभोक्तालाई आवश्यक परेको काठ अबिलम्ब उपलब्ध गराउन र सो का लागि कुनै पनि झन्झटिलो प्रक्रिया हुन नहुनेमा आंफु पनि कटिवद्ध रहेको प्रष्ट पार्नुभयो ।

अधिकारीले जैविक मल बनाउनका लागि सालको पात तथा जंगल व्यवस्थापन गर्दा निस्केका पात पतिङगर प्रयोग गर्न समेत सुझाव दिनुभयो । साथै आर्थिक अवस्था न्यून भएका उपभोक्ताहरुलाई पारिवारिक स्वास्थ्य बीमा गराईदिनुहुन पनि वन समूहलाई आग्रह गर्नुभयो ।

यस्तै हुप्सेकोट गाउँपालिका ३ का वडा अध्यक्ष विष्णु रानाले डण्डा झ्यालबासको आलोक चक्रपथ आगामी आर्थिक वर्ष भित्रमा फराकिलो बनाउने योजना रहेकाले सो कार्यमा अवरोध नहुने गरी वातावरण सृजना गर्न डिभिजनल वन अधिकृत बसन्त केशव अधिकारीलाई आग्रह गर्नुभयो ।

यसै गरी कार्यक्रममा सव डिभिजन बन कार्यालय हुप्सेकोट–बौदीकालीका प्रमुख भेष बहादुर महतोले जैविक विविधतामा विराट सामुदायिक वन उपभोक्ता समूहले सानो स्तरमा काम गरे पनि अत्यन्त प्रभावकारी भएको र आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा लेखा सुपरिवेक्षण समिति संयोजक गुरुप्रसाद सुवेदीले विराट सामुदायिक वन उपभोक्ता समूहले दोहोरो लेखाप्रणालीबाट कारोबार गरेकाले अर्थ सम्बन्धी कुनै पनि शंका उपशंका नगर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा त्रिकोण सामुदायिक वन समूह हुप्सेकोट १ का वडा अध्यक्ष दल बहादुर सोती र विराट सामुदायिक वन समूहका पूर्व अध्यक्ष तारा बहादुर कार्की लगायतकाले वन समूहको बारेको बोल्दै प्रमुख अतिथि माझमा उपभोक्ताहरुको समस्यालाई प्रश्नका रुपमा राख्नुभएको थियो ।

कार्यक्रममा बिभिन्न जातजातिका गीतसंगीत समेत प्रस्तुत भएका थिए । कुमाल जातिको पाउँदुरे नाच , थारु समुदायको लाठी नाच , मगर समुदायको कौराह र ब्राम्हण समाजको भजनको समेत प्रस्तुति रहेको थियो ।
कार्यक्रममा कार्यसमितिका महिला सदस्यहरुले गीतमापÞर्mत अतिथिहरुलाई स्वागत गर्नुभएको थियो ।

विराट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रेम बहादुर कार्कीको अध्यक्षता , डिभिजनल वन अधिकृत बसन्त केशव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष उषा खाण ठकुरीले स्वागत मन्तब्य राख्नुभएको थियो भने संस्थाका सचिव ईश्वरी प्रसाद रेग्मीले कार्यक्रम संचालन गर्नुभएको थियो ।



सम्बन्धित
Loading...