दाउन्नेको सडक फेरि भासियो, यातायात पूर्ण रुपमा अवरुद्ध





नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडक खण्ड फेरी अवरुद्ध भएको छ ।

 

नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा भासिएपछि सडक फेरि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


यसअघि असोज १४ गते भासिएको सडक १५ गते रातभरी बन्द गरेर मर्मत गरिएको थियो ।

 

सडक शुक्रबार पनि सोही ठाउँमा भासिएर साँझ पौने ८ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराले जानकारी दिए ।

उनका अनुसार २० फिट लम्बाई र ५ फिट गहिराईमा सडक भासिएको छ ।

पटक पटक सडक भासिदा दशै मान्न घर फर्कदै गरेका यात्रु मर्कामा परेका छन् । प्रहरीले सडक मर्मत गरी खुलाउने प्रयास गरिरहेको जनाएको छ ।



सम्बन्धित
Loading...