हेटौँडाबाट ११ करोड ४३ लाखको अवैध सुनसहित २ भारतीय पक्राउ





मकवानपुर प्रहरीले हेटौँडाबाट ११ करोड ४३ लाख बढीको अवैध सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको देश भारत महाराष्ट्र राज्य सांगलीका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र सोही स्थानका २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् ।

उनीहरुलाई शनिवार बिहान ३ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको चेकपोष्ट अगाडीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पथलैयाबाट हेटाँडातर्फ आउदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटीलाई रोकी जाँच गर्दा स्कुटरमा रहेका निजहरुको साथबाट ८ किलो दुईसय ४३ ग्राम नौसय ७० मिलिग्राम बिस्कुट आकारका ८ थान सुनका टुक्रा बरामद गरेको हो ।


जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रमुख एवं प्रहरी उपरीक्षक विश्वराज खड्काले उक्त परिणामको सुनको आजको बजार मुल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया ६५० पैसा रहेको जानकारी दिए । उनले ती व्यक्तीहरुले भारतबाट नेपाल प्रवेश गराइएको उक्त सुन जनकपुरबाट बसमा र पथलैयाबाट स्कुटरमा ल्याएको र काठमाडौं लैजान तयारी गरेको खुलेको बताए ।

उक्त समान सहित निजहरु अभिषेक अजिनाथ कुटी र राहुल भिट्टिहाललाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भएको प्रहरी प्रमुख खड्काले जानकारी दिए ।



सम्बन्धित
Loading...