नवलपुरमा श्रीमान श्रीमती झगडा हुँदा चक्कु प्रहार





नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १३ मैनाघाटमा श्रीमान श्रीमतीको झगडा हुँदा श्रीमानले आफैले आफूलाई चक्कु प्रहार गरेर घाइते बनाएका छन् ।

प्रहरी चौकी तम्सरियाका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १३ मैनाघाट निवासी ५१ बर्षीय भुपराज अर्यालले मादक पदार्थ सेवन गरी गएराति श्रीमती वसन्ती अर्यालसँग झगडा गर्दा आफैले आफूलाई चक्कु प्रहार गरेका हुन् ।


उनको पेटमा चक्कु लागेको र उनको नगर अस्पताल चोरमारामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
उनको पेटमा ७ वटा टाँका लगाएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...