नवलपुरमा करेन्ट लागेर एक जना घाइते





नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका ४ रुम्सीमा आज दिउँसो करेन्ट लागेर एक जना घाइते भएका छन् ।

प्रहरी चौकी हुप्सेकोटका अनुसार नवलपुरको हुप्सेकोट ४ रुम्सी निवासी ४८ बर्षीय बमबहादुर सारु मगर करेन्ट लागेर घाइते भएका हुन् ।


आफ्नै घरमा घरको फलामको गेट वेल्डिङ गर्ने क्रममा करेन्ट लागी घाईते भएका हुन् ।

घाइते सारु मगरको नयाँ मेडिकल कलेज भरतपुर चितवन उपचार भईरहेको छ ।



सम्बन्धित
Loading...