नवलपुरमा पुप्पलाल स्मृति प्रतिष्ठानद्वारा दुई जना सम्मानित





कावासोती ।
पुष्पलाल स्मृति प्रतिष्ठान, नवलपुरले कम्युनिष्ट आन्दोलनमा विशेष भूमिका खेलेका २ जना जेष्ठ कम्युनिष्टलाई सम्मान गरेको छ । प्रतिष्ठानले शेरबहादुर वि.क. र पूर्ण प्रकाश वि.क.लाई सम्मान गरेको हो ।

दुवै जनाले साविक नवलपरासी जिल्लाको कम्युनिष्ठ आन्दोलनमा सक्रिय रहेर विशेष भूमिका खेलेको बताईएको छ ।


पुष्पलाल स्मृति प्रतिष्ठान, नवलपुरले बिगतमा पनि यस्तै सम्मान गरेको र अहिले पनि त्यसैलाई निरन्तरता दिएको बताएको छ ।

जिल्लाको पहिलो बैचारिक पत्रिका नयाँ कदमको पहिलो अंकका सम्पादक मण्डलका अध्यक्ष ओम नारायण थनेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्ष प्रतिष्ठानका अध्यक्ष धर्म बहादुर केसीको रहेको थियो ।
कावासोती १६ डण्डा स्थित थारू संग्रहालयमा भएको कार्यक्रमको सहजिकरण संस्थाका सहसचिव अर्जुन अविरलले गरेका थिए ।



सम्बन्धित
Loading...