हुप्सेकोटका महिलालाई खसीबोका बेच्न भ्याईनभ्याई, १ करोड बढीको खसीबोका विक्री


 




प्रिय धन –
नवलपुर । नवलपुरको हुप्सेकोटमा रहेको लेकबेशी सामाजिक महिला उद्यमी सहकारी संस्थाले दशैं लक्षित गरेर खसी बोका विक्री शुरु गरेको छ ।

गाउँघरका अन्य मानिसलाई दशैको किनमेल गर्न, घर आँगन सरसफाई गर्न, रंग रोगन गर्न भ्याई नभ्याई भए झैं हुप्सेकोटका महिलाहरुलाई भने अहिले दशैंको लागि खसी बोका विक्री गर्न भ्याई नभ्याई भएको छ ।


गाउँबाट सखीबोका खरीद गरेर हुप्सेकोटको झ्यालबासमा रहेको लेकबेंशी सामाजिक महिला उद्यमी सहकारीले बजारसम्म खसीबोका पुर्याउने गर्दछ । यहाँ ठूला व्यापारीदेखि साना व्यापारी तथा स्थानीय बासिन्दाहरु पनि खसीबोका खरिदका लागि आउने गरेको सहकारीका अध्यक्ष नुनमाया थापा मगरले जानकारी दिए ।

त्यहाँ उत्पादित खसी बोका व्यवसायिक रुपमा राखिएका भने होइनन्, । गाउँघरमा उत्पादित खसीबोकाहरु दशैं खर्च जोह गर्नका लागि गाउँगाउँबाट ल्याएर विक्री गरिएको हुप्सेकोट ६ का किसान एवम् बराजु आधारभूत विद्यालय भडारीका प्रधानाध्यापक हिरा बहादुर सारूले बताए ।

गाउँमा उत्पादित खसीबोका बजार सम्म पुर्याउनका लागि लेकबेसी सामाजिक महिला उद्यमी सहकारीले विगत १ दशक अघिदेखि बजार व्यवस्थापनको काम गर्दै आएको छ ।

शुरुशुरुमा व्यापारीहरुलाई खोजी खोजी बोलाउन पर्ने वा खबर गर्नु पर्नेमा अहिले भने व्यापारीहरु सहकारीमा खसी बोका लिन आउने गरेको सहकारीका व्यवस्थापक शुशिला परियारले बताए । सहकारीका व्यवस्थापक सुशिला परियारले अहिले आफूहरुलाई भ्याई नभ्याई भएको बताए ।

यस पटकको दशैंमा १ हजार खसीबोका विक्री गर्ने लक्ष्य राखेको यो सहकारीले आजसम्म ८ सय बढी खसीबोका विक्री गरिसकेको सहकारीका व्यवस्थापक सुशिला परियारले बताए । उनले अहिलेसम्मको मोटामोटी तथ्यांक हेर्दा मंगलबार दिउँसोसम्ममा करिब १ करोड बढीको खसी बोका विक्री गरेको जानकारी दिइन् ।

यो सहकारीले गाउँगाउँबाट किसानहरुले उत्पादन गरेको खसी बोका सहकारीमा ल्याउने र सहकारीबाट व्यापारी र स्थानीयलाई विक्री गर्ने गर्दछ । त्यसका लागि सहकारीले हरेक खसीबोकाबाट प्रतिकिलोमा ५ देखि १० रुपैया व्यवस्थापन शुल्क लिने गरेको छ ।

सहकारी स्थापना पछि किसानहरुलाई खसी बोका विक्री गर्न समस्या हटेको, बजारमा ठगिने डर पनि नरहेको र खसी बोका विक्री नहोला कि भन्ने चिन्ता पनि हराएको किसान एवम् बराजु आधारभूत विद्यालय भडारीका प्रधानाध्यापक हिरा बहादुर सारूले बताए ।

यहाँ काठमाडौं, पोखरा, बुटवल, नारायणगढदेखिका व्यापारीहरु खसी बोका खरिद गर्न आउने गर्दछन् ।

 



सम्बन्धित
Loading...