कावासोतीमा भाडा दर नटाँस्ने र रुट परमिट नलिई चल्ने सवारी साधनलाई कारवाही





नवलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले चाडपर्वलाई लक्षित गरी आज सावजनिक सवारी साधनको अनुगमन गरेको छ ।

कावासोती १६ डण्डा बजारमा पूर्वपश्चिम राजमार्गमा ट्राफिक प्रहरीहरु सहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था कार्यालय कावासोती सहितको टोलीहरुले अनुगमन गरेको हो ।

अनुगमनको क्रममा जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक जनकराज बन्जारा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदिप भण्डारी, यातायात व्यवस्था कार्यालय कावासोतीका निमित्त कार्यालय प्रमुख सुरेश जैसवाल लगायतको सहभागिता रहेको थियो ।

बिजयादशमी, शुभदिपावली तथा छठ पर्वलाई लक्षित गरी सर्वसाधरण एवं सवारी साधनहरुको चापलाई मध्यनजर गरी यातायात क्षेत्रमा हुने संभावित अपराधिक गतिविधी (यात्रू ठगी, यात्रुको सामान, झिटी, गुण्टाहरुमा हुने अबैध चोरी, भाडा दरमा हुने अनियमितता, फर्जी टिकट वितरण) रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधरणमा यातायात सेवा प्रभाहमा थप सहजता प्रदान गर्ने उदेश्यले अनुगमन गरिएको प्रहरी निरीक्षक जनक राज बन्जाराले बताए ।

उहाँले अनुगमनका क्रममा भाडा दर नटासेका, रुट परिमिट नलिई सवारी साञ्चालन गरेको भेटिएकोले त्यस्तालाई कारवाही गरिएको बताए । त्यसैगरी बढी भाडा लिएको गुनासो नआएको र सिट क्षमता भन्दा बढी यात्रुराखेको नपाइएको बन्जाराले बताए ।



सम्बन्धित
Loading...