नवलपुरका नमुना सदरमुकाम अलपत्र परेको सम्बन्धमा संसदमा आवाज उठाउँछुः डा. वाग्ले





राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णीम वाग्ले सहितको टोलीले आज कावासोतीको नमुना सदरमुकामको अवलोकन गरेका छन् ।

आज नमुना सदरमुकाम स्थल अनुगमन पछि आयोजित कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले संसदमा आफूले नवलपुरको नमुना सदरमुकाम निर्माणमा भएको ढिलाईका विषयमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रम रास्वपा नवलुरको आयोजनामा भएको हो ।


रास्वपा नवलपुरको आयोजनामा निर्माणाधिन नमुना सदरमुकामको अवलोकन गर भेटघाट कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै उपसभापति वाग्लेले पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगि प्रकरणमा क्लिन चिट पाइसकेको भए पनि काँग्रेस एमालेले अनेक बाहानामा प्रोपोकाण्ड मच्चाएको आरोप लगाए ।

उनले राष्ट्रिय गीत र राष्ट्र कविका बारेमा आफूले बोल्दा भएको त्रुटी कमजोरी आफूले स्वीकार गरेको बताउँदै त्यसलाई त्यसलाई ट्रोल बनाउनु आवश्यक नरहेको पनि बताए ।

उनले विदेशमा रहेका नेपालीहरुलाई २०८४ को चुनावमा मतदान गर्न नेपाल आउन अपिल समेत गरे ।



सम्बन्धित
Loading...