नारायणी नदीमा एक जना पुरुषको शव फेला





नवलपुर । नारायणी नदीको बीच भागमा एक जना पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट ७ काभ्रेचाट स्थित नारायणी नदीको बिच भागमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ६०÷६५ बर्षको पुरुषको शव फेला परेको हो ।


उनको शव सडिगलेको अवस्थामा रहेको र विपद व्यवस्थापन गुल्म, चितवनको टोलीले शवलाई नदीबाट झिकेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

गैडासँग मोटरसाइकल ठक्कर खाँदा घाइते मध्ये १ जनाको मृत्यु

नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको कावासोती ८ खरकट्टा जंगलमा गैडासँग मोटरसाइकल ठक्कर खाएर घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको ना ३३ प ४२४२ नम्बरको मोटरसाइकल कावासोती ८ खरकट्टा जंगलमा गैडासँग ठक्कर खाएको थियो ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक दोलखा बैतेश्वर गाउँपालिका ४ घर भई हाल काठमाण्डौ कागेश्वरी मनहरा नगरपालिका ७ बस्ने ३५ को कृष्ण दाहालको निधन भएको हो ।

दुर्घटनामा परी घाइते भएका मोटरसाइकल पछाडि सवार ३२ बर्षीय प्रदिप न्यौपानेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।



सम्बन्धित
Loading...