दुर्घटनाका विभिन्न स्थानमा दुर्घटना ३ जना घाइते





नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका १६ अमरापुरीचोकमा जिपले स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्व पश्चिम राजमार्गमा गैडाकोटबाट कावासोती तर्फ जादै गरेको प्र.३–०३–००२ प २८८५ नम्बरको स्कुटरलाई ग १ ज ७८०९ नन्बरको जिपले ठक्कर दिँदा स्कुटर चालक गैडाकोट ९ बस्ने चर्ष ६३ को नारायण सापकोटा घाइते भएका हुन् ।


उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भईरहेको छ । ठक्कर दिने जिप र जिप चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपुरका गैडाकोट १६ अमरापुरी चोकमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिंदा साइकल यात्री घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको कालो निलो रंगको पल्सर मोटरसाइकलले साइकल यात्री गैडाकोट १६ अमरापुरी निवासी बर्ष ४८ को बालकृष्ण अधिकारीलाई ठक्कर दिएको हो । घाइतेको नयाँ मेडिक कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ । मोटरसाइकल र मोटरसाइकल चालक फरार रहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी यता गएराति नवलपुरको विनयी त्रिवेणी ५ देउरालीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका ५ देउराली स्थित भित्री सडकखण्डमा देउरालीबाट कोल्टाँडीतर्फ जादै गरेको प्र.३–०२.००७ प ७०८१ नम्बरको मोटरसाइक चालकले नियन्त्रण गुमाई मोटरसाइकल पल्टन गएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक विनयी त्रिवेणी ४ नयाँ गाँउ बस्ने बर्ष ३९ को संजय चौधरी घाइते भएकाो र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

उनको स्थानीय लुम्बिनी मेडिकल हलमा सामान्य उपचार पश्चात थप उपचारको लागि भरतपुर तर्फ पठाएको नवलपुर प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...