नवलपुरमा डेंगु संक्रमितको संख्या २ सय ३१ पुग्यो





कावासोती । नवलपुरमा डेंगु संक्रमितको संख्या दिनानु दिन बढ्दो क्रममा रहेको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरमा अहिलेसम्म डेंगु संक्रमितको संख्या २ सय ३१ पुगेको छ भने १ जना पुरुषको डेंगुको कारण निधन भएको छ ।


नवलपुरको गैडाकोटमा सबैभन्दा बढी ८१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । त्यसैगरी कावासोतीमा ४० जना, देवचुलीमा ४७ जना, मध्यविन्दुमा २० जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपुरका फोकल पर्सन डिल्लीराम तिवारीले बताउनुभयो ।

त्यसैगरी विनयी त्रिवेणीमा २३ जना, हुप्सेकोटमा १७ जना र बुलिङ्गटार गाउँपालिकामा २ जनामा डेंगु संक्रमण देखिएको छ । डेंगु संक्रमण कात्तिक महिनासम्म बढ्न सक्ने भएकोले सतर्क रहन स्वास्थ्य कार्यालय नवलपुरले आग्रह गरेको छ ।

यसैबीच नवलपुरको पहाडि पालिका बौदिकाली गाउँपालिकामा पनि एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

तराई क्षेत्र भन्दा पातलो वस्ती र चिसान ठाउँ मानिएको बौँदिकाली गाउँपालिका वडा नं. २ का एकजना पुरुषमा समेत डेंगु संक्रमित भेटिएपछि विषेश सावधानि अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

पछिल्ला केहि दिनमा नवलपुर सहित देशैभर चिसो बढ्दै गएपनि जिल्ल्लामा डेंगु संक्रमण रोकिएको छैन ।

 

 



सम्बन्धित
Loading...