संघीय सांसद बिनाकुमारी थनेतलाई मध्यवर्ती क्याम्पसद्वारा सम्मान





नवलपुर । संघीय सांसद बिनाकुमारी थनेललाई नवलपुरको कावासोती १७ मा रहेको मध्यवर्ती बहुमुखी क्याम्पस गोछडाले एक कार्यक्रम गरी सम्मान गरेको छ।

चालु आर्थिक बर्ष २०८१।०८२ को संघिय बजेटमा क्याम्पसलाई बिएचएम होटल म्यानेजमेण्ट भवन निर्माण गर्नका लागि एक करोड रुपैयाँ बजेट बिनियोजन गर्न सहयोग गरेकोले थनेलाई सम्मान गरिएको क्याम्पसले जनाएको छ ।


कावासोतीको ग्रामीण क्षेत्र कावासोती १७, गोछडामा २०७० सालमा स्थापना भएको क्याम्पसमा व्यवस्थापन संकाय सञ्चालन हुँदै आएको छ।

गण्डकी प्रदेशकै पर्यटन क्षेत्रको प्रचुर सम्भावना भएको नवलपुर क्षेत्रमा होटल म्यानेजमेन्ट कक्षा सञ्चालन गर्नको लागि २०७६ सालमा धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा दर्जनौं साना तथा ठूला होटल तथा घरबासहरू सञ्चालन भइरहेको यस क्षेत्रमा पर्यटनको सम्भावना रहेको छ।

पर्या पर्यटन दिगो विकास र प्राविधिक शिक्षा आजको आवश्यकतालाई मध्यनजर गर्दै बीएचएम कक्षा सञ्चालनगरी स्वरोजगार र आत्मनिर्भर बनाउनको लागि बीएचएम अनुमतिको लागि ल्याब निर्माण कार्य उक्त रकमबाट छिट्टै हुने क्याम्पस प्रमुख हेमराज महतोले बताए ।

गाउँमै बसी कम खर्चमा उच्च शिक्षा हासिल गर्न र ग्रामीण क्षेत्रको विकासको लागि आफूले मध्यवर्ती बहुमुखी क्याम्पसलाई बजेट विनियोजनमा सहयोग गरेको सङ्घीय संसद थनेतले बताए ।

कार्यक्रममा संघीय सांसद विनाकुमारी थनेतले खेलकुद सामग्री वितरण गर्नुभएको थियो। मध्यवर्ती बहुमुखी क्याम्पस गोछडा, सरस्वती मा वि गोछडा , सोरठ युवा क्लब गोडार, सिंहनाथ युवा क्लब बरौली, टेन स्टार क्लब गोछडालाई फुटबल, भलिबल, भलिबल नेट जाली क्लबका अध्यक्ष एवं प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको थियो।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष डाँसीराम बसेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा क्याम्पसका प्राध्यापक, वडा नम्बर १५ का वडाध्यक्ष तेजकुमार श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका सदस्य, लेखा समितिका सदस्य, बुद्धिजीवी समाजसेवी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

 

 

 



सम्बन्धित
Loading...