कावासोती बालुवा डाँडा बलेरो दुर्घटना, २ जनाको निधन २८ जना घाइते (नामावली सहित)


oplus_2



रामकुमार श्रेष्ठ-
नवलपुर । नवलपुरको कावासोती १ बालुवा डाँडामा बलेरो जीप दुर्घटना हुँदा २ जनाको निधन भएको छ भने २८ जना घाइते भएका छन् ।

आज विहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बलेरो जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी १ जना पुरूष र १ जना महिला गरि २ जनाकाे मृत्यु भगकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।


दुर्घटनामा बुलिङ्गटार ३ घर भई हाल कावासाेती बस्दै आएका अन्दाजी २० बर्षीया युवती पवित्रा मश्राङ्गी मगर र १ जना ३०/३२ बर्षीय पुरूषकाे निधन भएकाे छ ।

घाइतेहरुलाई उद्दार गरेर अस्पताल पुर्याइएको ढकालले जानकारी दिए ।

२८ जना घाइतेहरु मध्ये ११ जनाको कावासोतीको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भईरहेको छ भने बाँकीको थप उपचारका लागि चितवनतर्फ पठाइएको ढकालले जानकारी दिए ।

घटना स्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेहरुहरुको उद्दार गरेको थियो ।

घाईतेहरूकाे विवरण

१.बोलेरो चालक;-जि.न.प.(पूर्व) देवचुली न.पा.३ बस्ने बर्ष ३२ को लिल बहादुर सुस्लिङ दुवै हाततमा चोट,अवस्था सामान्य
२.सवार;-ऐ.बुलिङटार गा.पा.२ बस्ने बर्ष ३२ की तुलीमाया सारु,ढाडमा चोट,अबस्था मध्यम
३.ऐ.ऐ.बस्ने बर्ष २४ की सबिना सारु,टाउकोमा चोट,अवस्था मध्यम
४.ऐ.ऐ.बस्ने बर्ष १८ की सृष्टी पाटा मगर,टाउकोमा चोट,अवस्था मध्यम(भरतपुर रिफर)
५.ऐ.ऐ.बस्ने बर्ष २६ की मालती थानि परियार,बाँया हातमा चोट,अवस्था मध्यम
६.ऐ.ऐ.बस्ने बर्ष १० को न्युलोक,टाउकोमा चोट,अवस्था मध्यम
७.ऐ.ऐ.२ ढाडबेसी बस्ने बर्ष २२ झमिसरा पुलामी मगर, टाउकोमा चोट,अवस्था मध्यम
८.ऐ.ऐ. बस्ने बर्ष२४ को रबिन्द्र पुलामी मगर,बाया खुट्टामा चोट,अवस्था मध्यम
९.ऐ.ऐ.बस्ने बर्ष ३ को कृष पुलामी मगर,टाउकोमा चोट,अवस्था मध्यम
१०.ऐ.ऐ.बस्ने बर्ष ३ को कृषन पुलामी मगर,टाउकोमा चोट,अवस्था मध्यम
११.ऐ.ऐ.३ बस्ने बर्ष ९ को आषिस राना मगर,टाउकोमा चोट,अवस्था मध्यम
१२.बोलेरो साहु;-ऐ.ऐ.२ बस्ने बर्ष ४३ को भोज बहादुर पुलामी मगर,टाउकोमा चोट,अवस्था मध्यम
१३.ऐ.कावासोती न.पा.३ बस्ने बर्ष १२ की आयुसा तिवारी,टाउकोमा चोट,अवस्था मध्यम
१४.ऐ.ऐ.बस्ने बर्ष २९ की सजिता खत्री,बाँया खुट्टामा चोट,अवस्था मध्यम
१५.ऐ.ऐ.बस्ने बर्ष ८ को सेरेन खत्री,बाया हातमा चोट,अवस्था सामान्य
१६. ऐ.बुलिङटार गा.पा.३ ब्ने बर्ष ३० की कृति परियार,ढाडमा चोट,अवस्था मध्यम
१७.ऐ.ऐ.बस्ने बर्ष ७ को सचिन परियार अवस्था सामान्य
१८.ऐ.ऐ.बस्ने बर्ष ७ की सफिरा परियार,ढाडमा चोट,अवस्था मध्यम
१९.ऐ.ऐ. बस्ने बर्ष १३ की मालिका सुस्लिङ,अवस्था सामान्य
२०.ऐ.ऐ.बस्ने बर्ष १५ की रोस्नी चिदी,अवस्था सामान्य

२१.जि.न.प.(पूर्व) बुलिङटार गा.पा. ३ बस्ने बर्ष ३३ को कर्ण बहादुर सुस्लिङ मगर कम्मरमा चोट,अवस्था मध्यम(भरतपुर रिफर)
२२.हाल नामथर वतन नखुलेको अं ३०/३५ को पुरुष व्यक्ति,टाउकोमा चोट,अवस्था गम्भिर(भरतपुर रिफर)

नोट;-घाइतेहरु नाम आउने क्रम जारी रहेको



सम्बन्धित
Loading...