बोलेरो दुर्घटनामा ज्यान गुमाउने यि हुन दुई दिदीभाइ





नवलपुर । नवलपुरको कावासोती १ बालुवा डाँडामा बागमती प्रदेश ०७ – ००१ – ज ००२० नम्बरको बलेरो जीप दुर्घटना हुँदा ज्यान गुमाउने २ जना दुई जना दिदी भाई भएको पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार बुलिङटार २ निवासी २० बर्षीय पवित्रा मश्राङ्गी मगर र सोही ठाउँका १८ बर्षीय पवन मश्राङ्गी मगरको मृत्यु भएको हो । दुर्घटनामा ज्यान गुमाउने २ जना दिदी भाई हुन् ।


दिदी भाई कावासोतीमा बसेर अध्ययन गर्दथे । दिदी पवित्रा मध्यविन्दु कलेजमा १२ कक्षामा र भाई समता स्कूलको कक्षा ९ मा अध्ययनरत थिए ।

दशैं मान्न घर गएका दिदी भाई दशैं मानेर पुन पढ्नकै लागि कावासोती आउँदा दुर्घटनामा परी ज्यान गुमाएका हुन् ।

उक्त बोलेरोमा क्षमता भन्दा धेरै यात्रु भएकै कारण ओरालोमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव खनालले बताए । बोलेरोमा ३६ जना यात्रु रहेको खुलेको उनले बताए ।

जसमध्ये २ जनाको मृत्यु भएको २ जना गम्भीर घाइतेको आइसियुमा उपचार भईरहेको बाँकी २७ जना सामान्य घाइतेको विभिन्न अस्पतालमा उपचार भईरहेको र ५ जना उपचार पछि डिस्चार्ज भएको ढकालले बताए ।

 



सम्बन्धित
Loading...