राइनो संरक्षण गोल्डकपमा कपिलवस्तु ११ विजयी





नवलपुरको मध्यविन्दु–२, कोल्हुवामा सुरु राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा ५–४ गोल अन्तरले कपिलवस्तु ११ विजयी भएको छ।

वीरगन्ज युनाइटेड क्लब र कपिलवस्तु ११ बिचको खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। खेलमा कपिलवस्तु ११ का सबिन गुरुङ म्यान अफ दी म्याच भए।


सोमबार फर्साटिकर युथ क्लब र नमुना युथ क्लब कावासोतीबिचको खेल हुनेछ।

सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद ८ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले चार लाख रुपैयाँ पाउनेछ।



सम्बन्धित
Loading...