राईनो संरक्षण गोल्डकप फुटबलः आजको खेलमा नमुना युवा क्लब कावासोती विजयी





नवलपुर । नवलपुरको मध्यविन्दु –२ कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा ट्राईवेकरमा ५–३ गोल अन्तरले नमुना युवा क्लव, कावासोती विजयी भएको छ ।

नमुना युवा क्लब कावासोती र फर्साटिकर रुपन्देहीबीच भएको खेलमा निर्धारित समयसम्म दुवैतर्फबाट १–१ गोलका बराबरीमा खेल रोकिएपछि ट्राइबेकरमा खेल धकेलिएको थियो ।


ट्राईवेकरमा नमुना युवा क्लव कावासोती ५–३ गोल अन्तरले विजयी भएको हो ।

भोलिको खेल नमोः बुद्ध युवा क्लव सप्तरी र चित्लाङ एफ. सि. काठमाडौ बीच हुने आयोजक राइनो युथ क्लबका अध्यक्ष दोमन भण्डारीले बताए ।

सातौ अन्तर्राष्ट्रिय आमन्त्रित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद ८ लाख र उप विजेताले नगद ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।



सम्बन्धित
Loading...