नवलपुरका ३ बर्षको गैडा मृत फेला





रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १२ भूपू ज्वाई थरमा एक सिंगे गैडा मृत फेला परेको छ ।

नवलपुर प्रहरीका अनुसार करिब ३/४ बर्षको पोथी जातको अरुणखोला भूपूको सार्वजनिक जग्गाको काँस घारीमा मृत फेला परेको हो ।


उक्त गैडा मृत रहेको आज दिउँसो साढे ३ बजेतिर खबर आएपछि चितवन राष्ट्रिय निकुञ्ज र प्रहरीको टोली घटना स्थल पुगेको र घटनाको मुचुल्का तयार पार्ने काम भईरहेको प्रहरी चौकी अरुणखोलाले जनाएको छ ।

अन्दाजी ३/४ वर्षको पोथी गैँडा अरुणखोलामा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

उक्त गैँडा जंगलमा अर्को गैँडासँग जुध्दा घाइते भएको थियो । त्यही चोटका कारण गैँडा मरेको प्रारम्भिक अनुसन्धानले देखाएको मगरले जानकारी दिए । उक्त गैँडाको खाग र खुर सुरक्षित रहेको जनाईएको छ ।

यो सँगै चालु आवमा मृत्यु हुने गैँडाको संख्या ७ पुगेको सूचना अधिकारी मगरले जानकारी दिए । ७ मध्य ६ वटा प्राकृतिक कारण र एउटा करेन्ट लागेर मरेको हो ।

 



सम्बन्धित
Loading...