नवलपुरमा पानीले धान भिज्यो, २० प्रतिशत उत्पादन घट्ने





रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरका विभिन्न स्थानमा ३ दिनदेखि लगातार छोटोछोटो ठूलो झरी भईरहेको छ । यो ३ दिनको झरीले काटेर राखेको धान खेतमै भिजे पछि नवलपुरका किसानहरु चिन्तित भएका छन् ।

पानीले कति क्षति भयो भन्ने विषयमा भने तथ्यांक आइनसकेको उनले बताए । उनले भने – ‘कहि कतैबाट धान भिज्यो भनेर किसानले खबर गरेको छैन । पालिकाहरुले पनि खबर गरेको छैन । हामी दौडेर तथ्यांक संकलन गर्न सकिने अवस्था पनि छैन ।’


कृषि ज्ञान केन्द्र नवलपुरका कार्यालय प्रमुख कुलप्रसाद तिवारीले यो पानीले नवलपुरमा १० देखि २० प्रतिशतसम्म धान उत्पादन घट्ने बताए । उनका अनुसार काटेर सुकाएको धान तथा पाकेर काट्न ठिक्क परेका दुवै धानलाई पानीले असर गरेको छ ।

भिजेको धानलाई तत्काल झाँटेर सुकाउन सके धान कुहिन र उम्रिनबाट बचाउन सकिने तिवारीले बताए । त्यसैगरी भिजेको धानलाई तत्काल मिलमा लगेर कुटाए धान विग्रनबाट जोगिन उनले किसानलाई सुझाव दिएका छन् ।

खेतमा धान त्यतिकै राखे वा तत्काल नझाँटे धान उम्रन सक्ने उनले बताए । बोटमै पाकेको धान पनि ३ दिन लगातार पानीले भिजे पछि बोटकै पनि उम्रन सक्ने उनले बताए ।

तिवारीले भने – हाइ टेम्प्रेचर छ । पानीले भिज्ने र घाम पर्ने भर्ईरहने धान खेतमै राखिराखे बाटमै उम्रन्छ त्यसैले जस्तो छ त्यस्तो अवस्थामा स्याहारेर मिलमा कुटाइहाल्नु उपयुक्त हुन्छ ।

किसानले बर्ष भरी खान पुग्ने गरी गरेको धान खेती स्याहार्ने बेलामा पानीले भिजे पछि किसानहरु चिन्तित बनेका छन् । गत बर्ष पनि नवलपुरमा धान स्याहार्ने बेलामा पानी परेर किसानलाई क्षति पुर्याएको थियो ।

नवलपुरमा १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । असोज ११ र १२ गते आएको पानीले पनि धानमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख तिवारीले बताए ।

 

 



सम्बन्धित
Loading...