संकटालाई हराउँदै देशभक्त युवा क्लब राइनोकपको सेमीफाइनलमा





नवलपुर । नवलपुरको मध्यविन्दु –२ कोल्हुवामा जारि राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको पहिलो क्वाटर फाईनलमा संकटालाई ३–१ गोलले हराउदै देशभक्त फुटबल क्लव सेमी फाइलनमा प्रवेश गरेको छ ।

देशभक्त फुटबल क्लवका लागि फागुराम थारुले २ गोल र सविन गुरुङले १ गोल गरेका थिए भने संकटाको चन्दन दासले १ गोल गरेका थिए ।


आजको खेलमा देशभक्त फुटबल क्लवका अमित भुजेल म्यान अफ द म्याच भएका छन् ।

राईनो संरक्षण गोल्कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार दोस्रो क्वाटर फाईनल अन्तरगत नेपाल पुलिस स्पोर्ट र कपिलवस्तु ११ बिच हुने भएको छ ।

सातौ अन्तर्राष्ट्रिय आमन्त्रित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद रु ८ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन भने उप विजेताले नगद रु ४ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन ।



सम्बन्धित
Loading...