कृषि मन्त्रीसँग नवलपुरका किसानले भने – नवलपुरमा चिस्यान केन्द्र चाहियो





रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरका किसानहरुले नवलपुरमा चिस्यान केन्द्र नहुँदा किसानले उत्पादन गरेको फसल सस्तोमा विक्री गर्नु परेको गुनासो गरेका छन् ।

आज कृषि ज्ञान केन्द्र नवलपुरले आयोजना गरेको समुदाय स्तरमा प्रशोधनयोग्य खाद्यान्न आलु प्रवद्र्धन कार्यक्रम तथा सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम यस्तो गुनासो गरेका हुन् ।


उनीहरुले चिस्यान केन्द्र नहुँदा उत्पादिन फसल भण्डार गर्न नपाइएको र भण्डार गर्न नपाउँदा बजार भाउ सस्तो हुँदा पनि विक्री गर्न बाध्य हुनु परेको गुनासो गरेका हुन् ।

कृषकहरुको गुनासो पछि गण्डकी प्रदेशका कृषि तथा भुमी व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सीको आफूले नवलपुरमा चिस्यान केन्द्र निर्माणका लागि तुरुन्तै कार्य अगाडि बढाउने बताए । मन्त्री जि.सी.ले किसानहरुलाई अब परम्परागत कृषि प्रणालीबाट माथि उठाएर आधुनिकिकरण तर्फ लागेर उत्पादन वृद्धिमा ध्यान दिनु पर्नेमा जोड दिए ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माको अध्यक्षयता र कृषि तथा भुमी व्यवस्था तथा सहकारी मन्त्री पद्मा जि.सीको प्रमुख आतिथ्यतामा भएको हो ।

जिल्ला समन्वय समिति प्रमुख अध्यक्ष बाबुराम विश्वकर्माले खेती योग्य जमिन जमिन्दारको हातमा कब्जा हुने र खेती गर्ने किसानहरु सधैं सुकुम्बासी भएर बसिरहनु परेको अवस्था गरेको बताए ।

भुमी भएको असमानता विवतरणलाई मध्यनजर गर्दै कृषिलाई सहि ढङ्गले व्यवस्थापन गरे युवा जनशक्तिलाई कृषितर्फ आकर्षित गरि स्वदेशमै रोजगारी सिर्जना गर्न सकिनेमा बाबुराम विश्वकर्माको जोड थियो ।

कार्यक्रममा आलु उत्पादनमा लाग्ने लागत, आलु खेती गर्दा ध्यान दिनु पर्ने विषय, आलुको विउ छनौट गर्दा ध्यान दिनु पर्ने लगायतका विषयमा कृषिकहरुलाई प्रशिक्षण समेत दिइएको थियो ।

कृषि ज्ञान केन्द्र प्रमुख कुलप्रसाद तिवारीले नवलपुरमा आलु उत्पादनको लागि उर्भर भूमि रहेको बताउँदै नवलपुरमा आलुको विउ समस्याको रुपमा रहेकोले जिल्लामै आलुको विउ उत्पादन गर्न सके आलु उत्पादन अझ बढाउन सकिनेमा जोड दिए ।

कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले नवलपुर जिल्ला प्राङगारिक जिल्ला भनिए जस्तै कृषि उत्पादनमा रसायनिक किटनाशक औषधी प्रयोग गर्नुभन्दा प्राङगारिक तरिकाले खेती गर्नुपर्ने बताए ।



सम्बन्धित
Loading...