कावासोतीमा ट्रक सहित १८ लाख बढीको अवैध सामग्री बरामद





नवलपुर ।

नवलपुर प्रहरीले कावासोतीको फलफूल चोकबाट एउटा ट्रक सहित १८ लाख बराबरको अवैध समान बरामद गरेको छ ।


बाग्मती प्रदेश ०३–००१ ख २१५३ नम्बरको ट्रक सहित भारतबाट भन्सार छली ल्याएको १ सय ५० बोरा बदाम र १ सय ६० बोरा केराउ बरामद गरेको हो ।

बरामद सामग्रीको अन्दाजी बजार मूल्य १८ लाख ४० हजार रहेको प्रहरीले जनाएको छ ।

बरामद सामग्री र ट्रक आबश्यक कारबाहीको लागि राजश्व अनुसन्धान, कार्यालय बुटवल पठाईएको प्रहरीले जनाएको छ ।

 



सम्बन्धित
Loading...