कावासोतीमा बजार अनुगमन प्लाष्टिकका फूलमाला बरामद –


नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले तिहार लक्षित गरेर आज पनि बजार अनुगमन गरेको छ । तिहारमा प्लाष्टिकजन्य फूलका माला विक्री वितरणमा रोक लगाएको कावासोती नगरपालिकाले प्लाष्टिकका माला बजारमा विक्री गरे नगरेको हो ।

अनुगमनको क्रममा अटेर गरेर प्लाष्टिकका माला विक्री गर्न राख्नेहरुको मालाहरु जफत गरिएको कावासोती नगरपालिकाका अनुमगन शाखाका संयोजक डा. टेकराज पौडेलले बताए ।

कावासोती नगरपालिकाले करिब १ महिना अगाडि सूचना जारी गरी कावासोतीमा प्लाष्टिकका माला विक्री वितरण तथा प्रयोगमा रोक लगाएको थियो ।

त्यसैगरी अनुगमनको क्रममा कावासोतीको सभापति चोकमा रहेको सक्षम इन्टर प्राइजेजमा अत्यधिक मात्रामा म्याद नाघेका सामग्रीहरु बरामद भएको छ । उक्त पसलमा महिलाहरुले प्रयोग गर्ने सेनेटरी प्याडदेखि, स्याम्फू लगायतका कमेष्टिक सामग्रीहरु म्याद नाघेको भेटिएको हो । म्याद नाघेका सामग्रीहरु बरामद गरिएको पौडेलले जानकारी दिए ।

यसैबीच कावासोती नगरपालिकाले भोलि शनिबार कावासोती हाटबजारमा पनि प्लाष्टिक जन्य फूलका माला विक्री गरे नगरेको अनुगमन गर्ने र विक्री गरेको पाइए नष्ट गर्ने जनाएको छ ।

अनुगमनका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नवलपुर उद्योग वाणिज्य संघ, उद्योग तथा पर्यटन कार्यालय लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



सम्बन्धित
Loading...