जंगली च्याउँ खाँदा नवलपुरमा एकै परिवारका ५ जना विरामी


 


नवलपुर । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी परेका छन् ।

इलाका प्रहरी कार्यालय रजहरका अनुसार दुम्कौली निवासी २८ बर्षीय धनमाया राजबंशीले जंगलबाट ल्याएको च्याउ खाने क्रममा गएराति एकै परिवारका ५ जना विरामी परेका हुन् ।




जंगली च्याउ खाएर देवचुली २ निवासी २६ बर्षीय मदन राजबंशी, २८ बर्षीया धनमाया राजबंशी, ९ बर्षीय रिदिमा राजबंशी, ४८ बर्षीय बाबुलाल राजबंशी र ४६ बर्षीया रनमाया राजबंशी विरामी भएका हुन् । उनीहरुको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...