भारतलाई हराउँदै नेपाल फाइनलमा



११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो ।




ट्राइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की चारै जनाले गोल गरे ।

खेलमा पहिले भारतले अग्रता लिएको थियो । त्यसपछि एक घण्टा भन्दा बढी समय विवादका कारण खेल अवरुद्ध भयो ।

त्यसपछि नेपालकी सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।

खेल १–१ गोलको बराबरीमा रोकिए पनि ट«ाइबेकरमा धकेलिएको हो ।

सुरुवातमा रेखा पौडेलले रातो कार्ड खाएपछि मैदानमा दर्शकले बोतल फाल्दा खेल झन्डै १३ मिनेट रोकियो । खेल सुरु भएको केही बेरमा भारतले संगीता बास्फोरको उत्कृष्ट गोलमा अग्रता लियो । नेपालले लगत्तै भारतले गोलको खुसी मनाइरहेको अवस्थामा किकअफमा गोल गर्यो तर रेफ्रीले आफैं व्हिसल बजाएर खेल सुरुवात गरेपनि पछि गोललाई मान्यता दिइनन् । तनावपूर्ण खेल झण्डै डेढ घण्टापछि पुनः खेल सुरु भएको थियो ।

खेल सुचारु भएको केहीबेरमा नेपालले गोल फर्कायो । सावित्रा भण्डारी (साम्बा)ले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि गोल हुन नसक्दा खेल बराबरी हुँदै टाइब्रेकरमा पुग्यो ।



सम्बन्धित
Loading...