ऐन, कानुन बाझिँदा व्यवसाय संचालनमा समस्याः उद्योग तथा पर्यटन मन्त्री बस्याल



नवलपुर, कात्तिक ११ ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले संघीयता कार्यान्वयको क्रममा निर्माण भएको तीन तहको सरकारका ऐन, कानुन बाझिंदा उद्योगी व्यापारीले समस्या झेल्नु परेको बताउनु भएकोछ ।




नवलपुर जिल्लाका उद्योगी, व्यापारी, होटल तथा पर्यटन व्यावसायी लगायत सरोकारवालासंग सम्वन्धित व्यावसायिसग छलफल तथा अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।

मन्त्री बस्यालले कोभिड र भुकम्पबाट चलायमान हुन नसकेको व्यवसायलाई चलायमान बनाउन र पर्यटन व्यावसायीको समस्या बुझ्न मन्त्रालयले जिल्ला, जिल्लामा रहेका उद्योगी, व्यापारीसँग छलफल थालेको बताउनुभयो ।

उहाले वर्तमान सरकार स्थानीयको सरकार भएकोले छलफलमा व्यावसायीले उठाएका समस्या सामधान गर्ने कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो ।

प्रदेश सरकारले तीन तहको सरकारसँग बाझिएका ऐन कानुनलाई संशोधन गर्न पहल गर्ने बताउनुभयो ।

उहाँले भोलिका दिनमा एकजना व्यावसायीले २÷३ स्थानमा व्यावसाय दर्ता तथा नवीकरण र राजश्व बुझाउनु पर्ने समस्या ऐन, कानुन संसोधन मार्फत सहजिकरण गर्ने बताउनुभयो ।

कार्यक्रम बोल्दै उद्योग तथा पर्यटन मन्त्रालयका सचिवकुमान सिह गुरुङले उद्योगी, व्यवसायिकको समस्या बुझ्न मन्त्रालयले गण्डकी प्रदेशका ११ जिल्लामा कार्यक्रम आयोजना गरिदै जाने बताउनुभयो ।

सचिव गुरुङले लोकाहा खोला औद्योगिक क्षेत्रको काम सुस्त गतिमा अघि बढेको स्वीकार गर्दै मन्त्रालयले हाल औद्योगिक क्षेत्र संचालन ऐन निर्माणमा लागेकोले बताउनुभयो । उहाँले ऐन निर्माण अन्तिम चरणमा पुगेको समेत बताउनुभयो ।

कार्यक्रम जिल्ला स्थित नवलपुर, देवचुली, मध्यविन्दु र गैडाकोट उद्योग वाणिज्य संघका पदाधिकारी एवम् सदस्यहरु, पर्यटन व्यावसायीहरुको सहभागी रहेको थियो ।



सम्बन्धित
Loading...