राईनो गोल्डकपः सशस्त्र प्रहरी फाइनमा



कावासोती ।
नवलपुरको मध्यविन्दु –२ कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामाको आईतबार भएको सेमीफाईनल खेलमा देशभक्त फुटबल क्लवलाई १–० ले हराउदै नेपाल ए पि एफ क्लव फाइनल प्रवेश गरेको हो ।

नेपाल ए पि एफ क्लवलाई फाईनल प्रवेश गराउन खेलको पहिलो हापको ३४ औ मिनेटमा क्लवका तर्फबाट जर्सि न. १० का खेलाडी युवराज खड्काले पहिलो गोल गरेका थिए ।




आजको खेलमा एपिएफका युवराज खड्का म्यान अफ द म्याच भए ।

राईनो संरक्षण गोल्कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सेमिफाईनल अन्तरगत नमोबुद्ध र नेपाल पुलिस स्पोर्ट क्लव भिड्ने भएका छन ।

सातौ अन्तर्राष्ट्रिय आमन्त्रित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद ८ लाख र उपविजेताले नगद रु ४ लाख पाउने छन् । फाईनल खेल कार्तिक १४ गते राईनो रङ्गशाला, कोल्हुवामा हुने छ ।

 



सम्बन्धित
Loading...