स्कुटी दुर्घटनामा ३ जना घाइते


कावासोती । नवलपुरको कावासोती १७ डण्डामा आज दिउँसो भएको सवारी दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार डण्डामा गण्डकी प्रदेश ०४–००१ प ७७८५ नम्बरको स्कुटर र गण्डकी प्रदेश ०४–००१ प १६५६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएको हो ।

दुर्घटनामा परी नवलपुरको मध्यबिन्दु नगरपालिका १४ रातामाटा बस्ने वर्ष–२८ को थमन सिंह सोमै, वर्ष–३७ को गुन्ज बहादुर सोती र मध्यबिन्दु २ वस्ने वर्ष– १९ की सलिना महतो घाइते भएका छन् ।




उनीहरुको मध्यविन्दु जिल्ला अस्पतामा उपचार भईरहेको छ



सम्बन्धित
Loading...