मध्यविन्दु नगरपालिकामा प्लाष्टिकका माला बरामद
प्रकाश रेग्मी –
चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाले प्लाष्टिकका माला बरामद गरेको छ । तिहारमा प्लाष्टिकजन्य फूलका माला विक्री वितरणमा रोक लगाएको मध्यविन्दु नगरपालिकाले प्लाष्टिकका माला बजारमा विक्री गरे नगरेको अनुगमन गर्दा आज माला बरामद गरेको हो ।
्अनुगमनको क्रममा अटेर गरेर प्लाष्टिकका माला विक्री गर्न राख्नेहरुको मालाहरु जफत गरिएको मध्यविन्दु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख एवं अनुगमन संयोजक बिष्णु शर्माले बताए ।
कार्तिक ८ गतेको कार्यपालिका बैठकले स्थानीय स्तरमा उत्पादित फुलका मालाहरु प्रयोग गर्ने अनुरोध गर्दै यस्तो निणय गरेको शर्माले जानकारी दिए ।
मध्यविन्दु नगरपालिकाले कार्तिक ११ गते सुचना जारी गरी मध्यविन्दु नगर भित्र प्लाष्टिकका माला विक्री वितरणमा रोक लगाएको थियो ।