नवलपरासीः मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, देउसी भैली बोकेको जिप दुर्घटना हुँदा १० घाइते
नवलपरासी । पश्चिम नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार गएराति सुस्ता गाउँपालिका २ सतपत्ती स्थित भित्री सडक खण्डमा लु १८ प ५८४९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई बाटोको छेउमा पल्टन गएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक सुुस्ता २ महलबारी बस्ने वर्ष ४५ को दलबहादुर चौधरीको निधन भएको हो ।
दुर्घटनामा परी घाइते चालकको उपचारको क्रममा क्रिमसन हस्पिटल मणिग्राममा गएराति मृत्यु भएको हो ।
देउसी भैलो खेल्ने मानिस लिएर हिडेको गाडि दुर्घटना, १० जना घाइते
नवलपरासी । पश्चिम नवलपरासीमा देउसी भैली खेल्ने मानिस लिएर हिडेको पिकअफ गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यायल पश्चिम नवलपरासीका अनुसार सुस्ता गाउँपालिका ३ विगेप स्थित भित्रि सडक खण्डमा गुडरियाबाट नर्सहि तर्फ (देउसी भैलो खेल्ने मानिस लिएर हिडेको) लु ३ च ६०३२ न. को पिकअप गाडी बाटोमा हिडि रहेको बाख्रालाई जोगाउने क्रममा आफै अनियन्त्रीत भई बाटोको छेउमा पल्टन गएको हो ।
दुर्घटनामा परी जिपमा सवार २५ जना मध्ये १० जना घाइते भएका छन् ।