परासीमा १३ किलो ८८० ग्राम गाँजासहित एक महिला पक्राउ



रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीको रामग्राम नगरपालिका वडा नं–१२, पचगावाबाट १३ किलो ८८० ग्राम गाँजासहित एक महिला पक्राउ परेकी छन् ।

रामग्राम १२ बस्ने ५० वर्षीया रेसमादेवी भरको घरमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा उनको घरमा खोजतलास गर्ने क्रममा गाँजा सहित उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।




प्रहरीले उनको घरबाट कोठाभित्र जेब्रा झोलामा राखिएको १३ किलो ८८० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको छ ।

रेसमादेवी भरलाई लागूऔषध गाँजासहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी नारायण थापाले जानकारी दिए ।

 


 



सम्बन्धित
Loading...