नवलपुरका विभिन्न स्थानमा दुर्घटना ४ जना घाइते



नवलपुर । नवलपुरको विभिन्न स्थानमा आज भएको सवारी दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।



आज नवलपुरको गैडाकोट १२ हर्कपुर गोर्खाली चोकमा ना ४१ प ५३८४ नम्बरको स्कुटरले विपरित दिशा तर्फबाट आउँदै गरेको साईकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।

दुर्घटनामा परी साइकल यात्री गैडाकोट न.पा.१२ हर्कपुर बस्ने बर्ष ४२ को टक बहादुर डिसुवा र स्कुटर चालक– चितवनको रत्ननगर न.पा. वडा नं.११ जिरौना बस्ने वर्ष ३४को जिवन अधिकारी घाइते भएका छन् ।



घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक जेशी शाहले बताउनुभयो ।

त्यसैगरी आज कावासोती ६ माझटोलको भित्री सडकमा लु ४५ प ६१३ नम्बरको मोटरसाइकलले कावासोती ६ निवासी ९३ बर्षीय पैदल यात्री शिवशंकर भुषाललाई ठक्कर दिएको छ ।

दुर्घटनामा परी पैदल यात्री भुसाल घाइते भएको र उनको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी आजै कावासोती ८ कालिगण्डकी चोक स्थित पूर्व– पश्चिम राजमार्गमा ग ४ प २९९ नम्बरको कार र ना १४ प ४७४६ नम्बरको मो.सा. एक आपसमा ठक्कर मोटरसाइकल चालक घाइते भएका छन् ।

मोटरसाइकल चालक कावासोती ३ अठ्ठाईसबिघा बस्ने वर्ष ३३ को अनिल शिरिसलाई उपचारको लागि कालिगण्डकी अस्पताल कावासोती पठाएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...