नवलपुरमा दुई जना जेष्ठ नागरिक गम्भीर घाइते



नवलपुरको बौदीकाली २ केरमटारमा रुखबाट लडेर एक जना जेष्ठ नागरिक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बौद्धिकाली वडा नं. २ केरमटार बस्ने वर्ष ८० को कुल बहादुर श्रेष्ठले आफ्नै खरबारीमा रहेको खन्युँको रुखमा चढि घाँस काट्ने क्रममा अचानक लडि गम्भीर घाईते भएको हो ।




उनको रकुवा प्राथमिक स्वास्थ्य केन्द्र डेढगाँउमा सामान्य उपचार पश्चात थप उपचारका जिल्ला सरकारी अस्पताल रामपुर पाल्पा पठाएको प्रहरीले जनाएको छ ।

त्यस्तै आजै गैडाकोट ५ गणेश मन्दिरमा निवासी ८३ बर्षीय कृष्णप्रसाद न्यौपाने आफ्नै घरमा लडेर घाइते भएका छन् ।

गैंडाकोट ५ गणेश मन्दिर बस्ने बर्ष ८३ को कृष्ण प्रसाद न्यौपाने आफ्नै घरको पहिलो तलाको भ¥याङ चढ्ने क्रममा लडि घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए ।

घाइते न्यौपानेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको छ ।



सम्बन्धित
Loading...