कोरिया पठाउँछु भन्दै ९ लाख ठग्ने पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–१ घर भएका ५२ वर्षीय गिता बहादुर मगर छन् ।
उनले चारजना पीडितबाट ९ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए ।
पीडितहरूलाई कोरिया पठाउँछु भनेर रकम लिएपछि उनी लामो समयदेखि सम्पर्कविहीन थिए । उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी जिसीले जानकारी दिए ।