चौधरी उद्योगले प्रदुषण गरेको भन्दै स्थानीयले उद्योगको मुल गेटमा लगाइदिए ताला



रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको देवचुली नगरपालिका–२ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले प्रदुषण फैलाएको भन्दै स्थानीयले उद्योगको मुल गेटमा तालाबन्दी गरिदिएको छन् ।



५ दिनदेखि उद्योगको गेट अगाडि धर्ना दिएर बसेको स्थानीयले उद्योग प्रशासनले स्थानीयको माग प्रति वास्ता नगरेको भन्दै उनीहरुले आज उद्योग परिषरमा पत्रकार सम्मेलन गरी मुल गेटमा तालाबन्दी गरिदिएका हुन् । मुलगेटको पूर्वपश्चिम दुवै ढोकामा तालाबन्दी गरिदिएपछि अहिले चौधरी उत्पादनबाट सामान निर्माण बन्द भएको छ ।

आन्दोलनकारीले उद्योग चल्न दिएपनि उद्योगबाट उत्पादित सामग्रीमा ढुवानी रोक्ने गरी मुलगेटमा ताला लगाइदिएका हुन्् ।



उद्योगको भुसे बोइलर र इ.टी.डिबाट निस्केको प्रदूषणले स्वास्थ्यमा समस्या निम्ताएको भन्दै स्थानीयले शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।

विगत चार दिन अघिबाट चौधरी उद्योगको प्राङ्गणमा धर्ना बसी स्थानीयले तत्काल सी.जी.आइ.पिको भुसे बोइलर र इ.टी.डिबाट निस्केको प्रदूषण नियन्त्रणको माग राखेका हुन् । सोमबार चौधरी उद्योगको प्राङ्गणमा रहेको मूल गेटमा तालाबन्दी समेत गरेका छन् । वातावरण प्रदूषण नियन्त्रण सङ्घर्ष समितिले विरोध जनाउँदै तालाबन्दी गरेको हो ।

स्वच्छ वातावरणमा बाच्न पाउने अधिकार सुनिश्चित गर, कालो खरानी उडाउन बन्द गर, जल प्रदूषण बन्द गर, जनताको स्वास्थ्य माथि खेलबाड गर्न बन्द गर लगायतका प्ले कार्ड लिएर स्थानीयले विरोध गरेका छन् ।
शान्तिपूर्ण आन्दोलन गरेको पाँचौँ दिन पुग्दा समेत सुनुवाइ नभएपछि पूर्व पटिको मूल गेटमा ताला लगाउन आफूहरू बाध्य भएको वातावरण प्रदूषण नियन्त्रण सङ्घर्ष समितिका संयोजक ठाकुर प्रसाद शर्माले बताए ।

भुसे बोइलर तुरुन्तै रोकेर मर्मत गर्नुपर्ने, सहमति भएको पुरानो बोइलर हटाउनुपर्ने, बस्तीको नजिक प्लास्टिक पोल्न बन्द गर्नुपर्ने, इटिपि प्लान्ट ठुलो क्षमताको बनाउनुपर्ने, खरानी र पानीको प्रदूषणका कारण भएका पीडितहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने लगायतका माग सहित प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन् ।

त्यस्तै औद्योगिक व्यवसाय ऐन २९७६ ले व्यवस्था गरेको तथा औद्योगिक व्यवसाय नियमावली २०७८ मा व्याख्या भए अनुसार सामाजिक जिम्मेवारीको बजेट कानुनले निर्दिष्ट गरे अनुसार पारदर्शी तवरबाट कार्यान्वयन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । उद्योग प्रशासनले प्रदूषण नियन्त्रण र आफूहरूको माग पुरा नगर्दा सम्म आन्दोलन जारी राख्ने समितिले जनाएको छ ।

देवचुली नगरपालिका–२ का वडाध्यक्ष शरद प्रसाद घिमिरेले चौधरी उद्योगको प्रदूषण नियन्त्रणका लागि पटक–पटकको सम्झौता पश्चात् पनि कुनै काम नभएको कारण पहिलो चरणको शान्तिपूर्ण आन्दोलन गरिएको बताऐ । सी.जी.आइ.पिले समयमा नै भुसे बोइलर र इ.टी.डिबाट निस्केको प्रदूषण नियन्त्रण नगरे पुनः आन्दोलनमा उत्रिने उहाँले चेतावनी समेत दिएको बताए ।

देवचुली नगरपालिका–२ का वडाध्यक्ष शरद प्रसाद घिमिरे, देवचुली वडा नं २ का स्थानीयको उपस्थितमा शान्तिपूर्ण धर्ना बसी तत्काल प्रदूषणलाई नियन्त्रण गर्न अनुरोध गरिएको छ ।

 

 


सम्बन्धित
Loading...