उम्लिएको पानीमा परेर एक नाबालिकाको मृत्यु
राप्ती । चितवनको राप्ती नगरपालिका वडा नं–१, रानीबासमा उम्लिएको पानीमा परी एक नाबालिकाको मृत्यु भएको छ ।
राप्ती–१, रानीबास बस्ने प्रकाश घलानको दुई वर्ष चार महिनाकी छोरी प्रीति घलान बाख्राको लागि भनेर उमालिएको पानीमा परेर घाइते भई उपचारको क्रममा मृत्यु भएको हाो ।
पानीमा परे घाइते भईकी बालिकाको गएराति भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।