२ लाख ३५ हजार बराबरको अवैध सामग्री बरामद



रामकुमार श्रेष्ठ
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ ज्यामिरेबाट नवलपुर प्रहरीले २ लाख ३५ हजार ५ सय रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु २ ख ६८१९ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा डिक्की भित्र लुकाईछिपाई ल्याएको विल भरपाई नभएको १ सय ३९ थान घििड बरामद गरेको हो ।



२ हजार रुपैयाँ दरका ६१ थान, १५०० दरका ७१ थान र १ हजार दरका ७ थान गरी २ लाख ३५ हजार बराबरको घडि बरामद गरेको हो ।

बरामद घडि भन्सार कार्यालय त्रिवेणी पठाइएको प्रहरीले जनाएको छ ।

 


सम्बन्धित
Loading...