शिक्षक विद्यार्थी प्रतिभा छनौटमा देवचुलीकी कृष्णाकला काफ्ले र कावासोतीकी सस्कृति पौडेल प्रथम



नवलपुर ।
सामाजिक विकास कार्यालय नवलपुरको आयोजनामा आज कावासोतीमा वक्तित्वकला प्रतियोगिता भएको छ ।

प्रतियोगितामा नवलपुरका ८ पालिकाबाट छनौट भएर आएका शिक्षक र विद्यार्थीहरु प्रतियोगिहरुले भाग लिएका थिए । शिक्षक विद्यार्थी प्रतिभा छनौट कार्यक्रम अन्गरतग आज वक्तित्व कला प्रतियोगिता भएको हो ।



भोलि शिक्षकहरुबीच हाजिरी जवाफ प्रतियोगिता र विद्यार्थीहरुबीच नृत्य प्रतियोगिता हुने छ । प्रतियोगितामा विजेता हुनेहरुले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिने सामाजिक विकास कार्यालय नवलपुरका प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

प्रतियोगिताको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले विद्यालय शिक्षाको मन्दिर भएकोले शिक्षकहरुले भोलि देशका कणधार जन्माउने गरी शिक्षा दिनु दायित्व रहेको बताउनुभयो ।

शिक्षकतर्फको वक्तित्वकला प्रतियोगितामा शिक्षकतर्फ भिमसेन आर्दशमावि देवचुलीका कृष्णकला काफ्ले र विद्यार्थीतर्फको त्रिभुवन बाल मावि कावासोती १७ संस्कृति पौडेल प्रथम हुनु भएको छ ।

 
त्यसैगरी शिक्षकतर्फको वक्तित्व कला प्रतियोगितामा रामचन्द्र दहाल (कावासोती नग‌रपालिका) द्वितीय र जगन्नाथ उपाध्याय (गैंडाकोट नगरपालिका) तृतीय भएका थिए ।

त्यसैगरी विद्यार्थीतर्फ नवलपुर मावि मध्यविन्दुका हिमांशी भण्डारी द्वितीय र नेपाल मावि देवचुलीका सुदीप पोख्रेल तृतीय भएका थिए ।


 


सम्बन्धित
Loading...