३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसमा नवलपुरमा विविध कार्यक्रम
नवलपुर । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस नवलपुरमा विविध कार्यक्रम गरि मनाइएको छ ।
अपाङ्गता पुनस्थापना केन्द्र कावासोतीको आज कावासोतीमा अपाङ्गता अधिकार सम्बन्धि अन्तरकृया भएको छ ।
त्यसैगरी मध्यबिन्दु नगरपालिकामा ७५ जना अपाङ्गता भएका ब्यक्तिलाई कम्बल बितरण सागर लुइटेलले बताए ।
त्यसैगरी देवचुलीमा अन्तरकृया तथा खेलकुद कार्यक्रम भएको छ ।
यसैबचि ‘समावेशी तथा दीगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका ब्यक्तिहरुको प्रवल नेतृत्वको आधार’ भन्ने मुल नाराका साथ नवलपुरको गैँडाकोटमा सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
गैँडाकोट नगरपालिकाको कार्यालय परिसरमा आज अपाङ्ग व्यवसायी र अपाङ्ग दाम्पत्य जोडीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख मदनभक्त अधिकारीले अपाङ्गता दिवसको शुभकामना व्यक्त गर्दै विभिन्न संघ संस्थामा आवद्ध रहनुभएका अपाङ्गता व्यक्तिहरूप्रति आफु सन्तुष्टी रहेको बताए । अधिकारीले हिम्मत र धैर्यताका साथ कार्य गरी सफल भएका धेरै अपाङ्ग व्यक्तिहरूको उदाहरण दिई अझै अघि बढ्न प्रेरित गरेका थिए ।
उपप्रमुख शान्ति कोइरालाले शरीरको कुनै एक अंग कमजोर हुँदैमा शरीरका सबै अंग कमजोरी नहुने बताउँदै आत्मबल बलियो बनाई दृढ संकल्पका साथ कार्य गरेमा सफल हुने बताए ।
कार्यक्रममा ११ जना अपाङ्गता दाम्पत्य र १० अपाङ्गता ब्यवसायिलाई सम्मान गरिएको थियो ।