नवलपुर जेसिजको जेसिज सप्ताह अन्तरगत वित्तीय साक्षरता कक्षा सञ्चालन
नवलपुर ।
नवलपुर जेसिजको जेशिस सप्ताह अन्तरगत आज वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ ।
जेसिज सप्ताह अन्तरगत आज जनता मावि कावासोती ६ विष्णुनगरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको नवलपुर जेसिज बर्ष २०२४ की अध्यक्ष अनु सिग्देलले बताउनुभयो ।
साताव्यापी रुपमा विविध कार्यक्रम गरेर गरिने कार्यक्रम अन्तरगत हिजो कावासोती ३ मा रहेको जनविकाश विद्याश्रमका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रम नवलपुर जेसि बर्ष २०२४ का अध्यक्ष अनु सिग्देलको अध्यक्षतामा भएको आजको वित्तिय साक्षरता कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।
कार्यत्रममा ग्रिन डेभ्लब्मेण्ट बैंकका धर्मराज बस्यालले प्रशिक्षण दिनुभएको थियो ।
जेसिज सप्ताहा अन्तरगत मंसिर १८ गते बुधबार कावासोती १२ पिठौलीमा रहेको लक्ष्मी नारायण वृद्धाश्रममा खाद्यान्न वितरण कार्यक्रम र मंसिर २० गते विहीबार जेसिज सप्ताह समापनको अवसर पारेर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिने नवलपुर जेसिज बर्ष २०२४ का महासचिव कृष्ण सुवेदीले जानकारी दिनुभयो ।
जेसिज सप्ताहाको शुक्रबार उद्घाटन गरिएको थियो । नवलपुर जेसिजका संस्थापक अध्यक्ष वैकुण्ठ प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नवलपुर जेसिजका पूर्व अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।